Websoft University

नगरवासीहरुलाई उद्धमी बनाउँदै बेलबारी नगरपालिका।

 


मोरङ बेलबारी चैत ४ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले बेरोजगार नागरिकहरुलाई आत्मनिर्भर बनाउँन उद्धमशीलताका विभिन्न कार्यक्रमहरु सुरु गरेको छ। उद्दमशीलताका माध्यमबाट नागरिकहरुलाई आयअर्जनसँग जोड्दै उद्दमी र व्यवशायी बनाउँने उद्देश्यले नगरपालिकाले मेड्पा संगको समन्वयमा उक्त कार्यक्रम सुरु गरेको हो।


वडा नं ५ मा संचालित व्यवसाय सचेतता शुरु तथा लैङ्गिक समता र सामाजिक समावेशीकरण तालिम सोमबार समापन भएको छ।पहिलो चरणको आठ दिने 


सीप छनोट तालिमको समापनमा बोल्दै वडाअध्यक्ष विश्वबन्धु बस्नेतले यस परियोजनाले वडावासीहरु उत्साहित भएको र भोलिका दिनमा आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए।समापन कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले नगरपालिकालाई समृद्ध बनाउन नागरिकहरुको आर्थिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताउँदै भौतिक,आर्थिक,सामाजिकं, सांस्कृतिक,मानवसंसाधन विकास र सुशासनको सवालमा नगरपालिकाले कसैसँग सम्झौता नगरी डर धम्की र कुनै प्रभावमा नपरीअगाडि बढेको र बढिरहने बताइन् ।


हामी इमानदार रक्षक र सेवक हौ।स्थानीय सरकार र जनप्रतिनिधिहरु नितिगत रुपमा सरकारको भूमिकामा रहि हर्दम इमानदार सेवक जस्तो भइ कुशल नेतृत्व प्रदान गर्नुपर्ने विषय हामीले भुलेका छैनौँ। नगरपालिकाले छोटो अवधिमा पनि विकास निमार्णका कार्यहरु सडक निमार्ण, स्तरोन्नति, खानेपानी, शिक्षा,स्वास्थ्य  सिँचाइ, कृषि र स्वरोजगारलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दैगर्दा अबका दिनमा  बेरोजगार समस्या समाधान गरि नागरिकलाई आत्मनिर्भर स्वरोजगार बनाउँन उद्दमशीलता र व्यवशायिक सीप प्रदान आवश्यक भएकोले उक्त परियोजना कार्यनयन गरिरहेका छौं -उपप्रमुख पराजुलीले भनिन् ।

उपमेयर पराजुलीले नगरपालिकाले उद्दमशील बन्न चाहने नागरिकहरुलाई वैधानिकताका सवालमा

स्थानीय तहबाट नै सहजीकरण गर्न कार्यबिधी निर्माण भइरहेको बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.