Websoft University

फुटबलका आज २ खेलहरु हुने


काठमाण्डौ चैत ४ गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । 

समूह ‘बी’ मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपराह्न् साढे १२ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् । प्लानिङको यो पहिलो खेल हो भने चर्चको दोस्रो खेल हो । पहिलो खेलमा चर्चले ओसिस क्लबलाई ४–१ ले हराएको थियो । यस्तै आजै हुने दोस्रो खेलमा विरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ को विरगञ्ज र झापाबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

विरगञ्ज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । पहिलो खेलमा विरगञ्जले सानेपा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । झापा भने पहिलो जितको खोजीमा हुनेछ । उद्घाटन खेलमा झापा खालीबारी युथ क्लबसँग २–१ ले पराजित भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.