Websoft University

बढी भार बोक्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याइने


काठमाण्डौ चैत ४ गते । रातो तारा डट कम,सरकारले अबदेखि तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याइने बताएको छ । सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आएकोले विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने बताएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.