Websoft University

सुन्दरहरैंचामा प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । आयोजक सुर्योदय युवा क्लव र सहआयोजक दुलारी डोजोले आज सुन्दरहरैंचा स्थित दुलारीमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिइएको हो।

चैत्र ७ गते शनिबार सुन्दरहरैंचा ६ स्थित साजिलाल स्कुलको मैदानमा विहान ८ बजेदेखि सुरु हुने प्रतियोगितामा प्रदेश १ भरिका लगभग ३ सय जना खेलाडिले सहभािगता जनाउने क्लवका अध्यक्ष अने चौधरीले जानकारी दिनुभयो।

एकैदिन हुने प्रतियोगितामा १९ वटा इभेन्ट अन्तरगत स्वर्ण, रजत र कास्यको छिनाफानो हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश १ भरिका १८ वटा डोजोको प्रतिनिधित्व गर्दै खेलाडीहरुले सहभागिता जनाउने छन्।

प्रतियोगितामा प्रथम हुने डोजोलाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजार नगद पुरस्कार र ट्रफि प्रदान गरिने आयोजक समेत रहेका प्रशिक्षक विकास चौधरीले जानकारी दिनुभयो।

प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६० केजी माथिको तौल समूह र महिलाको २० देखि ५५ माथिको तौल समुहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो।

प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका लगायत विभिन्न व्यवसायीहरुले आर्थिक सहयोग रहेको र करिव २ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.