Websoft University

अहिले भारतमा कोरोनाबाट मर्नेको संख्य दैनिक २ सय नाग्दै


काठमाण्डौ चैत १२ गते । रातो तारा डट कम,भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगाएको छ । भारतीय विदेश मन्त्रालयले केही समयका लागि अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोप कोविशिल्डको निर्यातमा रोक लगाइएको बताएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण आउने समय देशमै खोपको माग बढ्ने भएकाले खोप निर्यातमा रोक लगाइएको हो । भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएपछि कोभ्याक्स अन्तर्गत विश्वका झन्डै १ सय ९० मुलुकलाई प्रभाव पर्ने देखिएको छ । भारतले अहिलेसम्म ७६ मुलुकमा कोरोनाविरुद्धको खोपको ६ करोड डोज पठाइसकेको छ । भारतमा पछिल्लो समय दैनिक ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदै गएका छन् भने मृत्यु सङ्ख्या पनि दैनिक २ सय नाघेको छ । भारत विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण १ करोड १७ लाख ८७ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.