Websoft University

नेपालमा अव इ–पासपोट लागु हुने


काठमाण्डौ चैत १२ गते । रातो तारा डट कम,आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ । राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ । उहाँले राहदानीको म्याद सकिएपछि सवारी लाइसेन्सजस्तो नवीकरण नगरे जरिवाना लाग्ने हो कि भनेर धेरैले फेरि बनाएको भन्दै सेप्टेम्बरदेखि हामी इ–पासपोर्ट दिने तयारी भएको बताउनुभयो । उहाँले अनुसार इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको बताउनुुभयो । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उहाँले जानकारी दिनुुभयो । सेवाग्राहीले इ–पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पनि पाण्डेले बताउनुुभयो । नेपालले यसअघि सन् २०१० मा हस्तलिखित पासपोर्ट हटाएर मेसिन रिडएबल पासपोर्ट दिन थालेको थियो । 





 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.