Websoft University

सीमा नाका हेल्थ डेस्कहरुलाइ व्यवस्थापन गर्न मन्त्रालयले सातै प्रदेशलाई पत्रचार गर्यो


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,सरकारले कोरोना व्यवस्थापनाका लागि सम्बन्धीत निकायलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो परिपत्र गर्दै सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय तथा प्रादेशिक अस्पताल, स्वास्थ्य संस्था, सबै जिल्ला स्वास्थ्य कार्यालय र सीमा नाका हेल्थ डेस्कहरुलाई कोरोना व्यवस्थापनका लागि आग्रह गरेको छ । 

मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) तथा सम्भव भएसम्म कोभिड १९ को एन्टीजेन टेस्टको व्यवस्था मिलाउन भनेको छ । यस्तै टेस्ट रिपोर्ट पोजेटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी मन्त्रालयको मलेरिया तथा कोभिड १९ को व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम गर्न पनि भनिएको छ । 

मन्त्रालयले यसका लागि स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग र समन्वय तथा सहकार्य गर्नका लागि पनि भनेको छ । यस्तै क्वारेन्टाइन आदेश, २०७७ बमोजिम व्यवस्था लागू गर्न, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ्गलाई बढाउन, आवश्यक पिसिआर तथा एन्टिजेन टेस्टको सुनिश्चितता गर्न, सबै अस्पताल र स्वास्थ्य संस्थालाई कोरोना महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन पनि मन्त्रालयले परिपत्रमा भनेको छ । साथै सरकारले जारी गरेको कोरोना सम्बन्धी जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न पनि भनिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.