Websoft University

भारतमा कोरोना सङ्क्रमणको महामारी फेरी फैलन थाल्यो–भारतिय नागरिकहरु खुल्ला बोर्डरको फाइदा लिदै नेपाल तिर प्रबेश गर्नेको ओइरो लाग्दै,


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भिडभाड हुने गतिविधिमा रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकसहित विश्वका विभिन्न देशहरुमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले नेपालमा पनि सतर्कता अपनाउन भन्दै भिडभाड हुने गतिविधिमा रोक लगाएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतसहित विश्वका विभन्न मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको र नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायतका काममा रोक लगाइएको बताउनुभयो । उहाँले भौतिक दुरी कायम गर्न, स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै सरकारले यसअघि तोकेका जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा पनि पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको र भारतसँगको खुला सीमानाका कारण जोखिम उच्च हुने भएकाले हाललाई भिडभाडयुक्त गतिविधि नगर्न नगराउन भनिएको पनि डा. गौतमले उल्लेख गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.