Websoft University

आँगलागीमा ३ वर्षिय बालकको मृत्यु

 


श्याम राई÷उदयपुर  गाईघाट ९ चैत । रातो तारा डट कम, उदयपुरको पश्चिम भेग बराल थुम्कामा आईतबार साँझ भएको आँगलागीमा ३ वर्षिय बालकको जलेर मृत्यु भएको छ ।

आँगलागीबाट तिनवटा घर पूरै जलेर नष्ट हुँदा ९० लाख बराबरको धनमाल नष्ट भएको छ । 

कटरी नगरपालिका–१० पाल्सिङ्गका प्रकाश थापाको ३ वर्षिय छोरा अरविन्द्रको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आँगलागीको समयमा उनी घर भित्रै रहेकोले जलेर मृत्यु भएको हो । साँझ ४ः३० बजेको समयमा थापाको घर नजिक रहेको परालको कुनिऊमा अचानक आँगो सल्किएपछि आसपासमा रहेको तिनवटा घरमा आँगलागी भएको थियो । आगँलागि भएको समयमा घरमा केटाकेटी वाहेक अरु कोही नभएको कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

आँगलागीबाट थापाका भाईहरु मेघ वहादुर र सुजनको घर जलेर पूरै नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राती ९ः३० बजे आँगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी.भिम वहादुर दाहालले बताए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.