Websoft University

पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गर्नु भयो


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको पदाधिकारी बैठकमा राजनीतिक अवस्था, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको सीआईएनलाई जानकारी दिनुभयो । बैठकमा पछिल्लो समय मुुलुकमा देखिएको राजनीतिक परिस्थिति, पार्टी भित्रकै असन्तुष्ट पक्षसँग कसरी अगाडी बढ्ने विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो । 

यस्तै क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग पनि बैठकमा छलफल हुनेछ । यसअघि हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेको थियो । नयाँ समीकरण बनाएर सत्ता सहकार्य गर्ने विषयमा काँग्रेस दुई समूहमा विभाजन भएको छ । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.