Websoft University

मरणोपरान्त डिठ्ठा र काफ्ले सम्मानित


गौरादह, झापा । रातो तारा डट कम, गौरादह विराटनगर समाजको आयोजनामा गौरादहका डिठ्ठा स्व. नर बहादुर बस्नेत र देवी प्रसाद काफ्लेलाई मरणोपरान्त सम्मान गरिएको छ । सम्मानित द्वयका श्रीमतीलाई नागरिक अभिनन्दन गरी प्रदेश नम्बर १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूले सम्मान पत्र हस्तान्त्रण गर्नु भएको थियो ।


मन्तब्यका क्रममा माननीय सोमनाथ अधिकारी प्यासीज्यूले मरणोपरान्त सम्मानित डिठा स्व. नर बहादुर बस्नेत गौरादहका कुशल अभिभावक, समाजसेवी, कुशल प्रशासक र श्रमिकहरूप्रति दयाको भाव राख्ने व्यत्तित्व भएको र वहाँले यस समाजलाई अतुलनीय योगदान पु¥याएको बताउनु भयो । मन्तब्यकै क्रममा देवी प्रसाद काफ्लेको स्मरण गर्दै महारानीझोडाका लोकप्रिय व्यत्तित्वका रुपमा स्थापित देवी प्रसाद समाज परिवर्तनका सम्वाहक रहेको बताउँनु भएको छ ।

प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सामाजिक विकास मन्त्री माननीय हिक्मत कार्की, संविधान सभा सदस्य माननीय दिपक कार्की, गौरादह नगरपालिका को नगर प्रमुख रोहित कुमार शाह लगायतले शुभकामना मन्त्ब्य राख्नु भएको थियो भने उत्त कार्यक्रमको सभा अध्यक्ष गौरादह बिराटनगर समाजका अध्यक्ष ईन्द्र न्यौपानेले गर्नुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.