Websoft University

पूूर्वाञ्चल विश्वविद्यालयका समस्या साथै समाधानका विषयमा छलफल साथै अनुगमन


मोरङ चैत ८ गते । रातो तारा डट कम,नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतनिधित्व गर्ने सांसद रमेश जंग रायमाझी र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल लगायतको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यलयको अनुगमन गरेको छ। सो क्रममा उपकुलपति प्रा डा. यादवराज कोईरालाले समस्याको समाधानमा आफु लाग्ने प्रतिबद्धता जनाएका छन्।

अनुगमनका क्रममा सांसद रायमाझीले विश्वविद्यालयले २४ घण्टा नै बिरामीलाई सेवा दिनुपर्ने र त्यसरी सेवा सञ्चालन गर्न केही समस्या भए आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए। प्रा. डा कोइरालाले आफ्नो कार्यकाल स्मरण योग्य बनाउन आफु लागि परेको र हाल मन्त्री मण्डल फेरबदल भएपछि केही समस्या भएको जानकारी दिए।


वैशाख देखि २४ घण्टा नै अस्पतालले सेवा दिने गरी गृहकार्य भइरहेको  र त्यसको व्यवस्थापनका लागि कर्मचारी र विशेषज्ञ डाक्टरको सेवाको विषयमा छलफल चलिरहेको उनले अनुगमन टोलीलाई जानकारी दिए। सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न नगरपालिका सदैव तयार रहेको बताए।

अनुगमनका क्रममा विषेशज्ञ सेवा दिने डाक्टर २ घण्टा पनि नबस्ने ,स्वास्थ्य बिमा वापत पाइने औषधि सबै उपलब्ध नहुने , ल्याबको रिपोर्ट ढिलो आउने लगायत गुनासा सेवाग्राहीले राखेका छन्। अनुगमन टोली समक्ष उपकुलपति प्रा डा कोरालाले  पूर्वपश्चिम राजमार्गदेखि विश्वविद्यालय सम्म आउने बाटो कालोपत्रे चाँडै गर्न माग राखेका थिए।सो माग पूरा हुन लागेको र यही आर्थिक वर्षमा नै सो बाटो कालोपत्रे हुने क्रममा रहेको नगरप्रमुख ढकालले जानकारी दिएका थिए।

अनुगमनमा राजनीति दलका प्रतिनिधि , जनप्रतिनिधि ,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। अनुगमनमा सहभागीले अस्पतालका कर्मचारी ,बिरामी तथा उनीहरूका आफन्तसँग अस्पताललाई सुधार गर्न चाल्नु पर्ने सुझाव र अस्पतालले  दिने सेवा सुविधा र गुणस्तरका विषयमा जिज्ञासा राखेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.