Websoft University

मेरिल्याण्ड कलेजमा वक्तृत्वकला

 


विराटनगर चैत ८ गते । रातो तारा डट कम,विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् । 

आज भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भए । ‘सामाजिक सञ्जालको प्रयोग विद्यार्थीका लागि कति उचित कति अनुचित ?’ शीर्षकमा भएको प्रतियोगितामा कलेजका दुई दर्जन विद्यार्थी सहभागिता भएका थिए । 

कवि एवं पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ कलेजका प्राध्यापक राजन दत्त रहेको निर्णायक समितिले विजेताको घोषणा गरेको थियो । अंग्रेजीतर्फको प्रतियोगितामा आदर्श घतानी द्वितीय, स्वेता राजवंशी तृतीय र ललिता नाहाटा सान्त्वना भएका थिए । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल, सञ्चालक मनोजकुमार गुप्ता, नन्दकिशोर अग्रवाल, प्रा.डा. पिके झा, प्रदीप भगतलगायतले ट्रफी, प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.