Websoft University

इटहरीमा यामाहा मोटरसाईकल तथा स्कुटरहरुको नगद छुट सहित महाएक्सचेन्ज मेला


सुनसरी । रातो तारा डट कम, मोटरसाईकल र स्कुटरका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले महाएक्सचेन्ज मेला लगाइ रहेको छ।

पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल तथा स्कुटर दिने गरी महाएक्सचेन्ज मेला लगाइएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोग पराजुलीले जानकारी दिए ।

नयाँ वर्ष २०७८लाई लक्षित गरी ग्राहकहरुलाई छुटको व्यवस्था सहित एक्चेन्ज मेलामा ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कुटरको बजार मुल्य भन्दा १५हजार बढी मुल्याँकन गरिने र नगद किन्नेहरुलाई दश हजार छुटको व्यवस्था समेत मेलामा रहेको समेत पराजुलीले वताए ।यामाहा कम्पनीका जापानी टेक्नोलोजी र भारतीय फिटिगंका मोटरसाईकल तथा  स्कुटरहरु तिरुपति अटो सिटीले विक्री वितरण गर्दै आएको छ ।

महाएक्सचेन्ज मेलामा दैनिक २५ देखि ३०वटा मोटरसाईकल तथा स्कुटरहरु विक्री हुँदै आएको वताइएको छ । तिरुपति अटो सिटीले समय समयमा एक्चेन्जका साथै विभिन्न सामाजिक कार्य समेत गर्ने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.