Websoft University

कोरोना सङ्क्रमणको दर बढ्ने जोखिमलाई ध्यानमा राखी गृहले जारी ग¥यो सबै जिल्लामा सर्कुलर


काठमाण्डौ चैत ११ गते । रातो तारा डट कम, नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । दैनिक सङ्क्रमित थपिने दर बढेसँगै सरकारले सर्कुलर जारी गरेको छ । 

पछिल्लो २ महिनादेखि नेपालमा नयाँ सङ्क्रमित थपिने दर एक सयभन्दा बढी रहेको र निको हुने दर १ सयभन्दा कम रहेको छ । हिजो मात्रै १ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनापछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आइतबार स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन जारी गरेको बताउनुभयो । उहाँले भारतसँग जोडिएका सीमा नाकामा थप कडाई गर्न तथा क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको जानकारी दिनुभयो । 

यसअघि स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न राज्यमा कोराना सङ्क्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना उच्च भएकाले थप सतर्कता अपनाउन आग्रह गर्दै सबै निकायलाई परिपत्र गरेको थियो । भारतीय सीमा नाकाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्याङ्क राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनमा भीडभाड नगर्नू÷नगराउनू, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउनू र नलाउनेलाई कारबाही गर्नु भनिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.