Websoft University

कक्षा ११ र १२ मा देखिएको शूल्क सम्वन्धि समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन वुझायो


सुनसरी इटहरी चैत ११ गते । रातो तारा डट कम, इटहरीका संस्थागत विद्यालयको कक्षा ११ र १२ मा देखिएको शूल्क सम्वन्धि समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन वुझाएको छ । इटहरी उपमहानगर वडानम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा गठित कार्यदलले इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई प्रतिवेदन वुझाएको हो । विभिन्न सरोकारवालाहरु सँग छलफल गरेर सुझाव प्रतिवेदन वुझाएको संयोजक भटटराईले वताउनुभयो । समयमै प्रतिवेदन वुझाएकोमा प्रमुख चौधरीले कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो । भोली विहान नगरशिक्षा समितिको वैठक वसेर सुझाव माथि छलफल गरिने भएको छ । चैत ८ गते वसेको नगरशिक्षा समितिको वैठकले कार्यदल वनाएको थियो । कोरोना महामारीको समयको समेत नीजि कलेजले शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.