Websoft University

बाजाको संरक्ष्ण सगै ब्याबसायिक बनाउदै बेलबारी नगरपालिका

  


मोरङ चैत ११ गते । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजको संरक्षण सँगै ब्याबसायिक बनाउन थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले खरिद पचेवाजा संरक्षण समिति बेलबारी ११ लाई हस्तान्तरण गरेको छ ।


बुधबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले पचेवाजा संरक्षण समितिलाई हस्तान्तरण गरेका हुन ।बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवाॐ पुस्तालाई नौमती बाजा बजाउन प्रोत्सान गर्ने उदेश्यले नौमति बाजा र पोसाक हस्तान्तरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नौमति बाजाको संरक्षणवाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास समेत लिएको नगर प्रमुख सुवेदीको भनाई रहेको छ । नेपाली कला, संस्कृति र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन् । विशेषगरी नौमति बाजाको धुन पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमति बाजा वजाउने गरिन्छ ।

दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली र नौमति बजाउनेहरुलाई एक एक थान कपडा बितरण गरीएको छ । नौमति बाजा पाएको पचेवाजा संरक्षण समितिले भने लोपहुदै गएको सस्कार सस्कृर्तिको संरक्ष्ण सगै ब्याबसायिक योजना बनाएर जाने बताएको छ । यसअघि परियार सेवा समाज बेलबारीलाई नगरपालिकाले नौमति बाजा दिएको थियो । उनिहरुले बिबाह ब्रतबन्ध पुराण जस्ता शुभ कार्यमा बजा बजाएर राम्रो आमदानि गरीरहेका छन । 

नौमति बाजा लिदै परिवार समाजले संरक्ष्ण सगै आमदानि पनि गर्ने सकिने बताएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.