Websoft University

युवा संघ भोक्राहाको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न


अजमल अन्सारी । इनरुवा सुनसरी चैत  ९ गते । रातो तारा डट कम, राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँकार्य कमिटि ओलि समूहको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । युवा संघमा आवद्ध गाउँकार्य कमिटिका संयोजक रमेश कुमार यादव सहित सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सचिव देवानन्द मेहता तथा राष्ट्रिय युवा संघ सुनसरीका संयोजक अरुण गुरुङले शपथ ग्रहण गराएका हुन् । युवा संघका भोक्राहा नरसिंह संयोजक रमेश कुमार यादवले आफ्नो नेतृत्वको संघले युवाहरुको हकहित सहित विकास र समृद्धिको पक्षमा काम  गर्ने प्रतिवद्धता जनाउनुभयो ।


यादवले आफू गाउँपालिकाको सबै वडामा समिति विस्तार गर्ने र

विधार्थी तथा युवाहरुको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । वहाँले वडासम्म र टोलटोलमा समेत युवाहरुको समूह विस्तार गर्नुपर्ने, समस्याहरुको सामाधान गर्न आफू तयार रहेको बताउनुभयो । सबैको नेता केपी ओली भएकाले वहाँ रहेसम्म कोहीकसैले डराउनुनपर्ने र शुख, शान्ती अनि समृद्धिको बाटोमा देश लाग्ने बताउनभुयो ।

शपथ ग्रहण गराउदै युवा संघका सदस्यहरुले नेकपा एमाले पार्टीका विभिन्न गतिविधिहरुमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।  कार्यक्रम युवा संघका भोक्राहा नरसिंह संयोजक रमेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि देवानन्द मेहताले युवाहरुको एकता अहिलेको आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार अजमल अंसारीले युवाहरुको विकास र नेतृत्व क्षमताका लागि युवा संघले काम गर्ने भएकाले युवाहरुलाई शिक्षा र नेतृत्वका लागि अगाडी बढाउनुपर्ने बताउनुभयो । सोमबार भएको सपद ग्रहण कार्यक्रममा युवा संघको संयोजक रमेश कुमार यादव सहित सहसंयोजक इसाक अंसारी, सचिव चन्दन कुमार यादव, सहसचिव मुकेश कुमार यादव र कोषाध्यक्ष सृजना मेहताले सपद लिनुभएको छ । त्यसैगरी सदस्यहरु रहिस मंसुरी, राजाराम यादव, प्रमिला मेहता, अन्जु मण्डल , सवकला मेहता, रिजन्जन उराँव, जयकिसोर यादव, प्रमोद कुमार शर्मा सहित ६७ सदस्य समितिले सपद ग्रहण गरेका छन् । कार्यक्रममा रन्जु सिग्देल, जेनिस निरौला, होमनाथ धमला , ऋितिक रोसन यादव, पार्टीका रमेश प्रसाद यादव, वडा अध्यक्ष तथा पार्टीका गाउँ सचिव हातिम अंसारी, अध्यक्ष रामकुमार मेहता , इन्चार्ज रमेश प्रसाद यादव र युवा इन्चार्ज नईम मंसुरी सहितको उपस्थिती रहेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.