Websoft University

प्रतिनिधिसभाको बैठक बस्दै


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । सर्वोच्च अदालतको आदेशसँगै पुनःस्र्थापनापछि पाँचौ पटक बस्न लागेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्नुहुने छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.