Websoft University

आर्थिक समृद्धिका लागि उद्यमशीलता अपरिहार्य


मोरङ बेलबारी चैत  ९ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाले उद्दमशीलताका माध्यमबाट बेरोजगार नागरिकहरुलाई आत्मनिर्भर र जिविकोपार्जनमा सहज बनाउँन उद्धमशीलताका फरक र विभिन्न कार्यक्रमहरु सुरु गरेको छ। उद्दमशीलताका माध्यमबाट नागरिकहरुलाई आत्मनिर्भर बनाउँन आयअर्जनसँग जोड्दै उद्दमी र व्यवशायी बनाउँने उद्देश्यले हाल नगरपालिकाले मेड्पा संगको समन्वयमा उक्त कार्यक्रम सुरु गरेको हो।


सोमबार वडा नं ६ मा संचालित व्यवसाय सचेतता शुरु तथा लैङ्गिक समता र सामाजिक समावेशीकरण तालिम समापन भएको छ।आठ दिन अघि सुरु भएको सो तालिम पहिलो चरणको आठ दिने सीप छनोट तालिमको रुपमा संचालन गरिएको परियोजनाका फोकल पर्सन बिनोद दाहालले बताए। यस परियोजनाले वडावासीहरु उत्साहित भएको र भोलिका दिनमा आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले नगरपालिकालाई समृद्ध बनाउन नागरिकहरुको आर्थिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताइन्।उनले भौतिक,आर्थिक,सामाजिकं, सांस्कृतिक,मानवसंसाधन विकास र सुशासनको सवालमा नगरपालिका निरन्तर अघि बढिरहेको भन्दै नगरपालिकाले छोटो अवधिमा पनि विकास निमार्णका कार्यहरु सडक निमार्ण, स्तरोन्नति, खानेपानी, शिक्षा,स्वास्थ्य  सिँचाइ, कृषि र स्वरोजगारलगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दैगर्दा अबका दिनमा मानव संसाधन विकासलाई थप महत्त्वका साथ अघि बढाउन आवश्यक रहेको बताउँदै मुलुकमा रहेको बेरोजगार समस्या समाधान गर्न अब स्थानीय तहबाट नै थालनी भएको र आर्थिक समृद्धिका लागि उद्दमशीलता आवश्यक भएकोले नागरिकलाई आत्मनिर्भर स्वरोजगार बनाउँन उद्दमशीलता र व्यवशायिक सीप प्रदान आवश्यक भएकोले उक्त परियोजना कार्यनयन गरिरहेको बताइन्।

  परियोजनामा २६ जना सहभागीहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.