Websoft University

‘विप्लव’ र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्रीलाई भेटे,


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्रीलाई भेट्न विप्लव आज दिउँसो बालुवाटार जानुभएको थियो । 

आफ्ना नेता÷कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको सहमति भए पनि कार्यान्वयन नभएको उहाँले प्रधानमन्त्रीसँग जिज्ञासा राख्नुभएको नेकपाका नेता उदय चलाउनेले जानकारी दिनुभयो । विप्लवसहित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएको थियो । 

जवाफमा प्रधानमन्त्री ओलीले भने सहमति कार्यान्वयन प्रक्रिया अगाडि बढेको बताउँदै केही दिन पर्खन अनुरोध गर्नुभएको थियो । बन्दी रिहा र मुद्दा फिर्ता प्रक्रियामै रहेकाले केहीदिन पर्खिन प्रधानमन्त्रीले आग्रह गरेको नेता चलाउनेले बताउनुभयो । 

सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत फागुन २० गते तीन बुँदे सम्झौता भएको थियो । नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित पाँच केन्द्रीय सदस्य लगायत गरी १ सय ४३ जना नेताकार्यकर्ता मुलुकका बिभिन्न कारागारमा छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.