Websoft University

राष्ट्रपति भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेघाट घाट


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम, बङ्गलादेशको ङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच  शिष्टाचार भेघाट भएको छ । 

आज बङ्गलादेशको राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा।वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेन सहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी रहेका थिए । 

भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै बङ्गलादेशका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बङ्गलादेश पुग्नुभएको हो । 

राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । घेटवार्तामा केही द्विपक्षीय सम्झौता पनि हुने छ । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.