Websoft University

सुन्दरहरैंचामा सुन्दरदुलारी उद्योग वाणिज्य संघकाे नमूना भवन शिलान्यास

 


मोरङ चैत ९ गते । रातो तारा डट कम,पुर्व क्षेत्रमै एक नमुना सामुदायिक भवन सहित सपिगं कम्पेल्स निर्माण गर्ने लक्ष्य सहित मोरगंको सुन्दरहरैचा ७ मा सुन्दरदुलारी उद्योग वाणिज्य संघले शिलान्यास गरेको छ ।


पाँच करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सामुदायिक भवनको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन ।


शिलान्यास गरिएको भवनमा सुन्दरदलारी उद्योग वाणिज्य संघको सचिवालय सहित विवाह पाटीका लागि १ हजार मानिस अटाउने सिटी हल , सपिगं कम्पेल्स सिनेमा हल समेत पछि सञ्चालन गर्न सकिने गरी पाँच तलाको भवन निर्माण गर्ने लक्ष्य सहित शिलान्यास गरिएको सुन्दरदुुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले वताए । उनले ९ कठा जग्गामा निर्माण गरिने भवन सुन्दरहरैचा क्षेत्रकै नमुना बन्ने जानकारी दिए।


सुन्दरदुलारीमा ठुला सामुदायिक भवन नभएको समयमा जमिन पनि प्रयाप्त रहेकोले सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख शिवप्रसाद ढकालले वताए । नगरप्रमुख ढकालले एक सय वर्ष सम्म डिजाईन परिर्वतन गर्नु नपर्ने गरी ठुलो कार्यक्रम गर्न सकिने गरि नमुना भवन निर्माणको योजना सुन्दरदुलारी उद्योग वाणिज्य संघले अघि सारेकोमा नगरपालिकाले सहयोग गर्दै जाने समेत ढकालले जानकारी दिए । शिलान्यास कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ , वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौला , सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजाल , सुन्दरदुलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष विदुरप्रसाद ढुंगाना लगायतले भवन निर्माणका लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख ऋषिराज ढकाल, जनप्रतिनिधि लगायत अन्य सामाजिक साथै अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.