Websoft University

भीसीको व्रम्हलुटले थिलथिलो वन्दै वीपी प्रतिष्ठान

 


सुनसरी धरान फागुन ४ गते । रातो तारा डट कम,नेपाल दुर सन्चार सस्थानले प्रति एमवीपीएस ईन्टरनेट सेवा २ हजार ६ सय ५२ रुपैया ३७ पैसामा प्रदान गर्छ भने अन्य नीजी व्यवसायीहरुले त्यहि सेवा कतिमा प्रदान गर्दा हुन तपाई अनुमान लगाउन सक्नु हुन्छ ? तपाईको विचारमा हुन सक्छ एक दुई गुना वढि । तर धरान स्थिति वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा प्रदान गरीरहेको नीजी कम्पनीे सुविसुले त्यहि सेवा ६ गुना वढि अर्थात प्रति एमपीएस १३ हजार ३ सय ३० रुपैया लिन्छ भन्दा जो कोहिले पत्याउनै गाहो पर्छ । 

तर कुरा सत्य हो । आखिरी यो कसरी हुन गयो भनि हालै  त्यहाका डाक्टर विधार्थीहरुले हल्लीखल्ली गरी अनुसन्धान गर्दा सो कम्पनी सग मोटो रकम कमिशन खाई स्वयम त्यहाका भीसी र अस्पताल निर्देशक र केहि कर्मचारीहरुको मिलेमतोमा व्रम्हलुट भइरहेको पता लागेको छ ।  झण्डै ४ हजार आवासिय कर्मचारी, विधार्थी र डाक्टरहरु र अस्पताल प्रशासनले प्रयोग गरी रहेको ईन्टरनेट सेवा लिन सन २०१७ देखि सुविसुलाई तत्कालिन उपकुलपती प्राडा वलभद्र दासले ठेकका दिएका थिए । 

त्यति वेला ३० एमवीपीएस मात्र ईन्टरनेट सेवा लिने सम्झौता भएको थियो । तर हालका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी सो सेवालाई वडाएर सोहि कम्पनी वाट ५० एमवीपीएस पुर्याएका छन । तर त्यति महगो पैसा तिरेर पनि सेवा भने ज्यादै कमजोर हुन थाले पछि त्यहाका डाक्टर विधार्थीहरुको एक समुहले गत महिना रजिष्टार मोहन रेग्मी समक्ष डेलिगेशन गएर गुनासो पोखाएका थिए । सोहि गुनासो अनुसार रजिष्टार रेग्मीले सुविसुको सेवावारे छानवीन गर्न डा विजय खनालको सयोजकत्वमा एक सात सदस्यिय समिति वनाएको थियो । 

सो समितिले एक हप्ता भित्रै दिएको प्रतिवेदनमा तत्कालिन उपकुलपतीले विनाप्रतिस्पर्धा नै सुविसुलाई कमिशन खाएर महगोमा ठेकका दिएको वताएको छ । तर सो प्रतिवेदन उपकुलपतीलाई वुझाएको एक महिना विति सक्दा पनि सो कम्पनी लाई खारेज गरेर अर्को टेण्डर गराउन सकेको छैन । वरु सुविसुका सेवाले वारम्वार धोका दिनाले विधार्थीहरुले ठुलो सास्ती खेप्न परीरहेको कुरा डाक्टर मधुकर वस्नेत वताउनु हुन्छ । खुल्ला प्रतिस्पर्धा गराउने हो भने नेपाल टेलिकमले यस्ता शिक्षण सस्थाहरुलाई साविक दर भन्दा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।  

भीसीको भाई कमिशन उठाउछन । 

विराट नर्सिड होम र विराट मडिकल कलेज का मालिक समेत रहेका वर्तमान उपकुलपति गिरी लाई तत्कालिन स्वास्थ्य मन्त्री भानुभतm ढकालले उपकुलपतीमा नियुतm गरे देखि प्रतिष्ठान भित्र भ्रष्टचारले नया नया किर्तिमान खडा गर्न थालेको छ । उनैको पालकामा कोविड अस्पतालको औषधी खरीदमा चरम अनियमितता भए पछि अस्पतालका २ जना डाक्टर र कर्मचारीले राजिनामा दिएका थिए  । 

प्रतिष्ठान भित्र आर्थिक अनियमितता गर्न र गराउदै आएका धरानका औषधी व्यापारी चेतन अग्रवालकै साथ सहयोग लिएर अहिले उनले अस्पतालका प्राय सवै औषधी आपुर्तिका जिम्मा दिएका छन । जवकी तिनै व्यापारीलाई अख्तियारले प्रतिष्ठानलाई आर्थिक नोक्सानी पुर्याएको अभियोगमा ४ करोड विगो सहित  विशेष अदालतमा मुद्धा चलाई रहेको छ । उनले नक्कली स्प्रिट वेच्ने गरेको ,ग्यास प्लान्टमा अनियमितता गरेको जस्ता थुप्रै आरोप लाग्दै आएको छ । \

प्रतिष्ठान भित्र कमिशनको खेल व्यापक हुन थाले पछि ईमान्दार व्यापारीहरुले भने प्रतिष्ठानमा कामै गर्न छाडेको वताउछन । कम्प्युटर,सिसि क्यामेराहरुको आपुर्ति गर्दै आएका एक व्यापारी आफनो विल ५ ६ महिना देखि कम्युटर शाखामा गएर विनाकारण अडकिएकोले आफुलाई घाटा भईरहेको वताउछन । ठुलो विलको भुतmान लिन उपकुलपतिको भाई विराटनगर नगर वस्ने अजय गिरीलाई १० प्रतिशत कमिशन अग्रिम भुतmान गरेर मात्र पाईने भएकोले प्रतिष्ठानमा काम गर्न नसकिने भनी काठमाण्डौका व्यापारीहरु गुनासो पोखाउछन ।    

रजिष्टारको कारण अनियमितता वाहिरीन्दै 

प्रतिष्ठानलाई धरासाहि वनाइ आफनो मेडिकल कलेज र नर्सिड होमलाई  टेवा पुर्याउने र अकुत पैसा कमाउने सपना वोकेर आएको जस्तो देखिएका उपकुलपतिले गरेका अनियमितताको विस्तारै एक एक गरी पर्दा फास हुदै जानुमा रजिष्टार मोहन रेग्मीको सकृयताले काम गरेको कर्मचारीहरु वताउछन । प्रतिष्ठानको स्त्री रोग विशेषज्ञ भई २२ वर्ष देखि कार्यरत रेग्मी गिरी कै पालामा रजिष्टार पदमा नियुतm भएका हुन । 

प्रतिष्ठानमा ईमान्दार,मेहनती र निश्कलंक छवी वनाउदै आएका वस्नेतले रजिष्टार पदमा वहाल हुने वितिकै २० लाख सम्म विना प्रतिस्पर्दा  कर्मचारीले सामान खरीद गर्ने प्रावधानलाई हटार ५ लाखमा झारेका छन । जस्ले गर्दा कमिशन खुवाएर विनाप्रतिस्पर्धा सामान वेच्ने व्यापारीहरुको ओटमुख सुकाई दिएका छन । प्रतिष्ठान भित्र रहेका पसल, टेलर्स, पार्लर चमेनागृह हरु टेण्डर नगराई एउटै मान्छेले १५औ वर्ष सम्म सस्तो भाडामा चलाउदै आएको थियो । तर यस पटक उनले ति सवै लाई नया टेण्डर गराएर प्रतिष्ठानलाई थप आम्दानी वडाएका छन ।

 यही माध १ गते खोलिएको टेण्डरको नतिजा अनुसार मासिक ३६ हजार भाडामा दिदै आएको किराना पसलमा पहिलो प्रतिस्पर्धी व्यापारीले मासिक ९० हजार तिर्ने कवुल गरेका छन भने दोश्रोले ७० हजार । एउटै पसलवाट मासिक तिन दोव्वर भाडा उठने भएको छ । जुन पसललाई वालाजी स्टोरको नाममा धरानका एक अग्रवाल व्यापारीले  ३६ हजारमा वर्षौ देखि एकलौटि चलाउदै आएको थियो । 

तर उनले २० हजार भने स्थानिय टोले दादालाई वुझाउने गरेको वताईन्छ । यसरी वर्षौ देखि प्रतिष्ठानलाई डुवाएर व्यापारीहरुवाट कमिशन खादै आएका उपकुलपती केहि कर्मचारी र टोले दादाहरुले यस पटक पनि  टेण्डर नगराउन चर्को दवाव दिए पनि त्यसको पर्वाह नगरी रजिष्टार रेग्मीले टेण्डर गराउन सफल भएका छन । यसै गरी हाल प्रतिष्ठान भित्र  वर्षौ देखि सरसफाईको ठेक्का लिदै आएका गोपाल श्रेष्ठको पनि एकाधिकार तोडदै चाडै नै टेण्डर गराउन लागेको कुरा कर्मचारीहरु वताउछन ।  

आफनै  आम्दानीवाट चालु खर्च धान्नु पर्ने वीपी प्रतिष्ठानलाई कोविड महामारीको कारण आर्वौको घाटा लाग्न गएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याडक अनुसार हाल प्रतिष्ठानलाई ७ अर्व रुपैया घाटामा रहेको देखिन्छ ।    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.