Websoft University

दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने, उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरी


सुनसरी इटहरी फागुन ४ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताउनुभएको छ । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकाशमा कुनै असर नगर्ने बताउनुभएको हो । उहाँले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा नभएको वताउनुभयो । 

प्रमुख चौधरीले सम्पूर्ण ध्यान इटहरीको बिकासमा लगाएकाले युद्धस्तर विकास भइरहेको जानकारी दिनुभयो । इटहरीको विकासमा उल्लेखनीय जनसहभागिता रहेको भन्दै आगामी दिनमा पनि जनसहभागिताको अपेक्षा गर्नुभयो । उहाँले वडा कार्यालर्य भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकीएको समयमा काम सक्नुपर्ने बताउनुभयो । वडा नं ९ का भूपेन्द्र बरालले वडा कार्यलय भवन निमाण सहयोगका लागि उपमहानगर र जिल्ला समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

जिल्ला समन्वय समितका सदस्य चिरञ्जिवि बस्नेतले भवन निर्माण समयमै सक्नुपर्नेमा जोड निर्देशन दिनुभयो । ७२ लाख २९ लागतमा बन्ने वडा कार्यलय भवनका लागि समन्वय समितिको ५० र बाँकी उपमहानगरको रहने वडा वडा सदस्य गणेश केसीले जानकारी दिनुभयो .।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.