Websoft University


श्याम राई- गाइघाट ४ फागुन । रातो तारा डट कम, उदयपुरको कटारी नगरपालिकाकी उपमेयर भिम कुमारी राउतले नगरपालीकाले उनको लागी गाडी किन्न छुटयाएको रकमले एम्बुलेन्स किनेर कटारी अस्पताललाई दिएकीछिन । जनताले तिरेको करको सदुपयोग होस भन्ने उदेस्यले उनले आफनो लागी गाडी नकिनी एम्बुलेन्स खरीद गरी सोमबार एक कार्याक्रम गरी एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरेकी हुन । गत आर्थिक बर्षमै उनको लागी नगरपालीकाले गाडी किन्नको लागी ४० लाख रुपैया छुटयाएको थियो । तर उनले उक्त रकम मध्ये १२ लाख एम्बुलेन्स मा र २४ लाख रुपैया कटारी नगरपालीका ११ बेतिनीमा पर्यटन भबन निर्माणमा खर्च गरेकीहुन । उपमेयर राउत ले नया किनीएको एम्बुलेन्स ले सुत्केरी तथा गर्भवती महीला को लागी निशुल्क सेवा दीने बताईन । “नगरपालीका भित्रका सबै वडामा सुत्केरी र गर्भवती महिलाले सेवा लिन एम्बुलेन्स को कुनै शुल्क तिर्नु पर्दैन ।” उनले भनीन । जटील अबस्थामा जिल्ला बाहीर काठमान्डौ ,बिराटनगर लगाएत जुनसुकै ठाउमा लान ल्याउन निशुल्क गरीने उनले बताईन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.