Websoft University

लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ

फायल फोटो–
बिराटनगर, माघ २० गते । रातो तारा डट कम,सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप(महानगरपालिका १३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् । 
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका(११ बाट सोमवार साँझ नियन्त्रीत लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय रविन राई, २६ बर्षीय प्रभात राई र १९ बर्षीय संदेश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.