Websoft University

नेकपा, नेपाल र प्रचण्ड- पक्षको नेपाल बन्द कार्यक्रममा ३ सवारी साधनमा क्षति तथा ७ जना कार्यकर्ताहरू नियन्त्रण

 


बिराटनगर माघ २२ गते । रातो तारा डट कम, नेकपा,नेपालरप्रचण्ड समूह- द्वारा देशब्यापी रूपमा नेपाल बन्द गरेकोमा बन्दकर्ताहरूले ११.०० बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. २ तिनपैनी  स्थित भित्रीबाटोमा स्वास्थ्य तालिम केन्द्र धनकुटाको बा १ झ ९११८ न। को बोलेरो गाडी, ११.१० बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १० रोडशेष चौक नजिक भारतिय नम्बर प्लेटको   DL10 CJ 8444 नं. को स्कारपियो गाडी र १२.५० बजे बिराटनगर महानगरपालिका वडा नं. ९ महेन्द्र चौकमा बा १६ च ४४०४ नं. को कार समेतको सिसा फुटाई क्षति पुर्‍याएको हुँदा प्रहरी कारवाहीमा घटनामा संलग्न निम्न ७ जना कार्यकर्ताहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । 

साथै ऐ। १४.०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा न. २ महानगरपालिकाको कार्यालय नजिक रहेको चिया नास्ता पसलमा बन्दकर्ताहरूले तोडफोड गरी क्षति पुर्‍याएको । उक्त पसलमा काम गर्ने ऐ। २ बस्ने बर्ष २२ की वविता सहनीको दुवै हातको नाडीमा तातो तेलले पोली सामान्य घाईते भएको घटना सम्बन्धमा समेत अनुसन्धान कार्य भई रहेको ।

निम्न:--तिनपैनी घटनामा नियन्त्रणमा लिएका कार्यकर्ताहरू मोरङ बिराटनगर मनपा  ५ बस्ने वर्ष ४१ को ९नेकपा जि। संघर्ष समिति सह संयोजक पारुल क्षेत्री । ऐ।१० बस्ने वर्ष ४३ को नेकपा मनपा सदस्य शारदा मैनाली ऐ। ऐ। बस्ने वर्ष ४४ को नेकपा मनपा संघर्ष समिति सह संयोजक  मिरा दाहाल ।

 ऐ। ऐ। बस्ने वर्ष २७ को नेकपा मनपा संघर्ष समिति सदस्य  संगम चौधरी । 

 ऐ। ऐ। बस्ने वर्ष २२ को ९महेन्द्र मोरङ क्याम्पस अनेरासवियु सह ईन्चार्ज ० उमेश ढुङगाना ।

ऐ। ६ बस्ने वर्ष ४४ कि नेकपा मनपा कमिटी सदस्य ६ न। सहईन्चार्ज चम्पा कार्की । 

रोडशेष चोक घटनामा नियन्त्रणमा लिएको कार्यकर्ता

 विराटनगर महानगरपालिका वडा नं ११ बस्ने बर्ष १८ को विपुल चौधरी


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.