Websoft University

लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको छैठौं बार्षिक साधारण सभा सम्पन्न!


 शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ स्थित लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा डिभिजन वन कार्यलय मोरङका डिभिजनल वन अधिकृत अनिरुद्र कुमार शाहको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष रुद्र प्रसाद पोख्रेलको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा कार्यन्वयन इकाई सदस्य आनन्द लिङाले स्वागत मन्तव्य राखेका थिए। सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले संस्थाको प्रगतिको शुभकामना दिएका थिए।


त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि साझेदारी वन महासंघकी केन्द्रीय कोषाध्यक्ष निरा पोख्रेल, अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, ५ का  वडाध्यक्ष राम रिजाल, ६ का वडाध्यक्ष जीवन राई र ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौला लगायत जनप्रतिनिधि, समाजसेवी साथै अन्य विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

साधारण सभाको अवसर पारेर कार्यक्रममा वन हेरालु कुमार चापागाईं,  वन प्राबिधिक सत्यनारायण मेहेता साथै पत्रकार मोहन भट्टराईलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो। पुनरुत्पादन कटान क्षेत्रमा चेकजाँच ,वन क्षेत्रमा अनुगमन तथा निरीक्षण साथै वन संरक्षण तथा पुनरुत्पादन प्रवर्धनका लागि विभिन्न कार्य गर्दै आइरहेको यस संस्थाले आगामी दिनहरूमा अझै यस्ता कार्यहरूलाई निरन्तरता दिने संस्थाका अध्यक्ष रुद्र प्रसाद पोख्रेलले बताएका छन्।उक्त कार्यक्रम कार्यन्वयन इकाई सदस्य सचिव ओम प्रसाद अधिकारीले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.