Websoft University

प्रेस विज्ञप्ति-पत्रकार मदन गिरीमाथि आन्दोलनकारी समुहबाट भएको दुव्र्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 


काठमाडौ माघ २२ गते । रातो तारा डट कम,नेकपा प्रचण्ड–माधव समुहले आज आह्वान गरेको आमहड्तालका क्रममा समाचार संकलन गरिरहेका आर्थिक अभियान दैनिकका कञ्चनपुर सम्वाददाता तथा कञ्चनपुर दैनिकमा कार्यरत पत्रकार मदन गिरीमाथि आन्दोलनकारी समुहबाट भएको दुव्र्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कञ्चनपुर शाखाका अनुसार आमहड्तालका कारण समस्यामा परेका व्यक्तिहरूको समस्याबारे समाचार संकलन गरिरहेका बेला पूर्वमन्त्री उर्वादत्त पन्त र ईश्वरी खरेललगायत आन्दोलनकारी समुहबाट पत्रकार गिरीमाथि गालीगलौज गर्दै हातपात गरिएको थियो ।

स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि बन्द र हड्तालका नाममा गरिएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक र खेदजनक कार्य हो । मन्त्रीजस्तो जिम्मेवार पदमा बसि काम गरिसकेका व्यक्तिसहितबाट भएको यस्तो घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण भएको महासंघको ठहर छ । घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.