Websoft University

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ६ सय २ पुगे

 


नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७७ रहेको छ । पछिल्लो २४ घण्टामा थप २ सय २७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ६७ हजार २ सय ९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमणमुक्त भएको  मन्त्रालयले जानकारी दिएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २ हजार ३३ पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.