Websoft University

प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको आज काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गर्नुभयो


काठमाण्डो माघ २२ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजना अन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गर्नुभएको छ । 

साथै प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका–२ खुर्कोटस्थित २२०÷१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३दानास्थित २२०÷१३२÷३३ केभी सबस्टेसनको पनि उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको आज काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत कुश्मा नै आउनुभएको थियो । 

उद्घाटन कार्यक्रमलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो । विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उहाँले बताउनुभयो । 





 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.