Websoft University

एन्फा कम्प्लेक्समा आज फुटबलका दुई खेल हुदै,


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ । 

पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ । एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ९ खेलमा २७ अङ्क जोडेको छ । पुलिस उपाधि होडबाट बाहिरिसकेको छ । तर, पुलिस एपीएफको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा रहेको छ । पुलिसले ९ खेलमा १४ अङ्क जोडेको छ । 

पुलिस लिगको चौंथो स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । वालिङ ९ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । विराटनगर १० खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.