Websoft University

आज सम्ममा वस्तु आयात दरमा ३० दशमलव ७५ प्रतिशतल बढ्ैछ ।


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम,चालु आर्थिक वर्षको सातौँ महिनामा आइपुग्दा वस्तु आयात उच्च दरमा बढेको छ । भन्सार विभागले तयार गरेको तथ्याङ्कअनुसार माघमा आइपुग्दा वस्तुको आयात ३० दशमलव ७५ प्रतिशतले बढेको हो । माघमा १ खर्ब ४२ अर्ब ३९ करोड रूपैयाँको वस्तु आयात भएको छ । 

गत वर्षको माघमा १ खर्ब ८ अर्ब ९० करोड रूपैयाँको वस्तु आयात भएको थियो । माघमा निर्यात १८ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार माघमा मात्रै ९ अर्ब ११ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । जुन गत वर्षको यही महिनामा ७ अर्ब ६९ करोड रूपैयाँको मात्रै थियो । आयात उच्च परिमाणमा बढ्दा त्यसको सकारात्मक प्रभाव भन्सार राजस्वमा देखिएको छ । 

भन्सार राजस्व एकै महिनामा ५२ दशमलव ७८ प्रतिशतले बढेको छ । माघमा ४१ अर्ब ५९ करोड रूपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ । जुन गत वर्ष २७ अर्ब २२ करोड रूपैयाँ मात्रै थियो । भन्सारमा दैनिक औसत १ अर्ब ३८ करोड रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्याङ्कमा भने आयात झिनो अङ्कले मात्रै बढेको छ । साउनदेखि माघसम्ममको एकीकृत तथ्याङ्कअनुसार आयात ० दशमलव ००५ प्रतिशतले बढेको छ भने निर्यातमा ७ दशमलव ६२ प्रतिशतले वृद्धि देखिएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.