Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगे


काठमाण्डौ फागुन २ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ हजार ६ सय ४ रहेको छ । पछिल्लो २४ घण्टामा थप १३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ६० पुगेको छ । 

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोही सङ्क्रमितको निधन नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.