Websoft University

अभियोगपत्र झिकाउन सर्वोच्चको आदेश

 


काठमाण्डौ फागुन २ गते । रातो तारा डट कम,ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. लबाबुराम भट्टराई विरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले प्रमाण झिकाउने आदेश दिएको हो । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन आदेश भएको हो । ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णय मात्र गरेको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । तर सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउने निर्णय गरेकाले भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो । 













Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.