Websoft University

सामुहिक करणी गरेका २ जना आरोपी अझै सम्म पक्राउपरेनन् ।

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,हाम्रा छोरी चेली आफ्नै घर समाजमा असुरक्षित छन्।  महिनौ न बित्दा  बलत्कारका घटना बढीरहेको छ।   यस्तै  मोरंगमा  २ युवाको गिद्धे नजर पर्दा १४ बर्षिया बालिका  बलत्कारकी शिकार बनेकी छिन।   जहदा गाउँपालिका  १ र बिराटनगर महानगरपालिका  १८ पर्ने राजबंशी टोलकी  १४ बर्षिया बालिका  सोमबार राति ९ बजे पिसाब फेर्न  घर बाहिर निस्किदा २ जना युवाले मुखमा सलको बुझोले थुनेर मोटरसाइकलमा अपहरण सैलिमा लगेर बलात्कार गरेको पिडित पक्षले बताएका छन्।

आर्थिक अवस्था कमजोर भएका पिडित परिवारको यो घटना आलो घाउ बनेको छ।दैनिक अरुकोमा श्रम गरेर खाने पिडित परिवारका बुवा आमा मर्माहित छन्।   पिडित बालिकाका अनुसार घरदेखी टाढा रानी भेडयारीको मकैबारीमा लगेर जवजस्ती बलत्कार गरेको,  यो कुरा कसैलाई भनिस भने मारदिन्छु सम्म भन्ने धम्की दिएका छन  ।

प्रयोग भएको  को २२ प १८१६ नं। को बाइक भने फेला परेको छ।  बालिकाले ति २ युवा सोहि वडाका  जितेस यादव र अर्को अजय धोभिया रहेको बताएकी छिन तर प्रहरी प्रहरी प्रसाशनमा किटानी जाहेरी दिएपनि बलत्कारका आरोपीलाई अझै समात्न सकेको छैन।  नजिकैको सिमाना भारत संग जोडिएकोले यो घटनाले गाउँ त्रसित छन्।  गाउँलेको अनुसार अहिले रति राति  भारतीय नबर प्लेट भएका गाडी आउजाउ बढेको छ शान्ति सुरक्षाको ब्यबस्था छैन।   जबरजस्ती करणी गर्नेहरुलाई हदै सम्मको कारबाही हुनुपर्ने स्थानियहरुले बताउछन।

मुख दर्शक भएका प्रसाशनलाई बल्ताकारी लाई फासी दे भन्दै  बालिकालाई न्याय दिनका लागि आन्दोलन समेत गरेका छन्।  बिभिन्न अधिकार कर्मी बादी संस्था र प्रसाशनमा न्यायको लागि आवाज निकाले पनि न्याय दिने ठाउँमा  ढिलाई भएको पिडित पक्षको भनाई छ। बलत्कारका  आरोपी युवा भारत तिर लागेको आशंका गर्दै  जिल्ला प्रसाशन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले  कारबाही गर्ने बताउछन।

अर्को तर्फ भने पिडितलाई न्याय दिनका लागि अगाडी बढेका बिष्णु राजबंशी माथि ज्यान मार्ने धम्कि दिएको दिएको बताउछन।

अहिले बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ।  कानुनी  राज्यको आभास दिलाउन पिडितलाई न्याय दिनै  पर्छ अपराधि उम्किन दिनु हुदैन।  राजनितिक आड र पहुचबाला नै किन नहोस बल्ताकारीलाई कडा  भन्दा कडा सजाय हुनै  पर्छ। छोरी चेलीहरु अहिलेको  युगमा समेत आफ्नो घरदेखि बाहिर सुरक्षीत छैनन।  खुलेर बाच्न सकेको छैन।  बल्ताकारिलाई हदै सम्मको कारबाही नगरे सम्म समाजमा यस्ता बिकृतिहरु बढिरहने छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.