Websoft University

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशको दोस्रो अधिवेशन आज बिराटनगरमा सम्पन्न


बिराटनगर फागुन ३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशको दोस्रो अधिवेशन आज बिराटनगरमा सम्पन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथि १ नम्वर प्रदेश प्रमुख सोम नाथ अधिकारी प्यासीले सबैले जिम्मेवारी बोध गर्नु पर्छ । अहिले जिम्मेवारी लिन अगि सरेपनि जिम्मेवारी कार्यन्वयन गर्ने खेरमा अलक ढलक हुने कुरा राम्रो होइन भन्नु भयो । 


हामीले कुनै बेला साशक र सिस्टम नै समाप्त गर्न सक्ने आंट भएका हामी नेपालीले अव हामीले आ आफनो जिम्मेवारी बोध गर्नु पर्छ भन्नु हुदै, पत्रकारहरुका सबै संगठन लोकतन्त्रमा बलिया हुन, यो पछि हुने बन्द सत्रमा पत्रकारिताको हितमा व्यापक छलफल होस र अधिबेशन सफताको शुभ कामना छ  भन्नु भयो । 

१ नम्वर प्रदेश संन्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले प्रतिष्ठानको बारेमा जानकारी दिनु हुदै,पत्रकारहरुको हितमा काम गर्दै आएकोले प्रदेश कार्यसमितिलाई बधाइ दिनु हुदै,यो दोस्रो अधिबेशन सफलताको शुभ कामना छ भन्नु भयो ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका जिल्ला शाखाहरुका सभापती र प्रतिनिधि तथा बिभिन्न पत्रकारिता क्षेत्रका संगठनहरुका प्रतिनिधिहरुले पनि आ–आफना भनाईहरु राख्नु हुदै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशको अधिबेशन सफलताको शुभ कामना दिनु भएको थियो ।

कार्यक्रम अध्यक्षता गरिरहनु भएका र नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश सभापती बिक्रम लुइटेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिनु हुदै, महासंमा केहि कमिकमजोरी रहेकाले अव आउदा दिनमा सहि पत्रकारहरुको पैचान हुने र सुद्धिकरण गरेर जन प्रतिनिधि राजनीतिक पाटी सदस्य, व्यापारी कर्मचारी व्यावसायी र काम अरुनै गर्ने वा अन्य काम गर्ने तर पत्रकारको सदस्यता बनेर कृयसिल पत्रकारलाई चै ओइोलमा पार्न खोज्नेहरु सबैलाई सुद्धिकरण गरेर महासंघले हटाउदै जाने बताउनु भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.