Websoft University

संवैधानिक परिषद्को बैठक स्थगित


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम, आजका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लाग्नुभएको थियो । तर आजको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्नेबारे खुलाइएको छैन ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.