Websoft University

नेपालमा सङ्क्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगे


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,आज थप १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ५९ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार २ सय ३ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ । पछिल्लो २४ घन्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.