Websoft University

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

 

झापा, माघ २७ गते । रातो तारा डट कम,झापाको दुई छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका-६ का २४ बर्षीय सुरज खड्कालाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय २८ बर्षीय प्रकाश लिम्बुलाई १८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.