Websoft University

लागुऔषध ट्याब्लेट र गाँजा सहित ९ जना पक्राउ

 

बिराटनगर, माघ २७ गते । रातो तारा डट कम,उदयपुर र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका-६ जलजलेबाट त्रियुगा नगरपालिका-१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका-१४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका-१३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिसेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाइजेपाम -१९ एम्पुल, फेनारागन -१९ एम्पुल, लुपिजेसिक -१९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।  यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका-१२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन -२ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै उदयपुरकै कटारी नगरपालिका-८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका-‍३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई धरान उप-महानगरपालिका-१३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.