Websoft University

सवारी दुर्घटनामा २ जनाको मृत्यु

 


बिराटनगर, माघ २७ गते । रातो तारा डट कम,मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका-१ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । स्कुटर चालक बेलवारी-४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका-९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका-९ का ३९ बर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.