Websoft University

विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिबेदन अनुसार रेमिट्यान्स ११ दशमलब १ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा रेमिट्यान्समा सुधार भएको राष्ट्र बैंकका प्रवक्ता गूणाकरण भट्टले सीआईएनलाई जानकारी दिनुभयो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ० दशमलब ६ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलब ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.