Websoft University

प्रधानमन्त्री निर्वाचन आयोग जाँदै


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जाने तयारीमा हुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–नेपाल नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दावी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानु भएन । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जान लाग्नुभएको हो । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दावी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्नु हुने बताइएको छ । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गर्नुभएको छ भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहनुभएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.