Websoft University

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज २ खेल हुने

 


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मी ७ खेलमा १६ अङ्क जोडेको दोस्रो स्थानमा रहेको छ । वालिङ ७ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् । पुलिस ८ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगर १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.