Websoft University

ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ

 


सुनसरी, फागुन ११ गते ।  रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिकाका बिभिन्न स्थानबाट सोमबार लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटको ओसार पसार तथा बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-३ का ३० बर्षीय बिनय तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धरान-१३ का २६ बर्षीय ओम प्रकाश कार्की १ ग्राम ६०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । कार्की सोमबार बेलुका ७ बजे धरान-७ बाट पक्राउ परेका हुन् । यस्तै धरान-१५ का ४० बर्षीय कृष्ण थापामगर १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । यसैगरी धरान-०८ का ४५ बर्षीय यज्ञ बहादुर खड्का र आकाश श्रेष्ठ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । आफ्नै घरकोठाबाट लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १०० ML को डाईलक्स् डि.सी. ४ बोतल, Nitrosun १६५ ट्याब्लेट र  Spsmo-Proxyvon ७२ क्याप्सुल सहित पक्राउ परेका हुन् ।  पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.