Websoft University

विद्यालय जान हिँडेकी सुन्दरहरैंचाकी सबिना वेपत्ता !

 


मोरङ सुन्दर हरैचा फागुन ११ गते । रातो तारा डट कम, मोरङबाट १५ वर्षिय सविना दर्जी वेपत्ता भएकी छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ कि सविना माघ २५ गतेबाट वेपत्ता भएको परिवारले जानकारी दिएका छन् ।


दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको कक्षा दशमा अध्यनरत उनि माघ २३ गतेसम्म विद्यालयको परिक्षामा सामेल भएको प्रध्यानध्यापक कल्याणप्रसाद सिटौलाले जानकारी दिए । २४ गते शनिबार घरमा नै बसेर अध्यान गरेकी उनि २५ गते आइतबार पनि विद्यालय जान पोसाकसहित घरबाट हिँडेकी थिइन् । खोजी गर्ने क्रममा दुलारी चौकमा रहेको एक सि.सि क्यामेराको फूटेजमा उनि लोक मार्ग हुँदै पूर्वतर्फ लागेको देखिएको थियो ।


उनि भारत तर्फ लागेको हुनसक्ने भन्दै परिवार तथा विद्यालयले तुरुन्तै माइति नेपालको विराटनगरमा रहेको कार्यालयलाई फोटोसहित जानकारी गराईएको सिटौला बताउँछन् । त्यसपछि निरन्तर खोजीमा लागे पनि अहिलेसम्म उनि कहाँछिन् भने पत्ता नलागेको परिवारले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.