Websoft University

नेकपा ओली समुहको आम सभा आज भव्यरुपले सम्पन्न भयो


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,नेकपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको दावी गर्नुभएको छ । नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा ओलीले आजको उपस्थितिले मूल पार्टी आफूहरू सहभागी पार्टी हो भन्ने प्रमाणित भएको टिप्पणी गर्नुभयो ।  


नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक संस्थालाई स्वतन्त्रतापूर्वक, विवेकसम्मत निर्णय गर्न दिनुपर्नेमाजोडदिनुभयो । अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै उहाँले देश अव अशान्तिको भूमरीमा जान नसक्ने धारणा राख्दै कसैले पनि नरभक्षी आन्दोलन चलाउँछु भनेर सोच्न नसक्ने बताउनुभयो । 

हिजो प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका समयमा ट्याक्सी जलाइएको, पसलहरूमा तोडफोड गरिएको घटनाको निन्दा गर्दै प्रधानमन्त्री ओलीले बीमा कम्पनीमार्फत रकम नबेहोरिएमा सरकारले पीडितहरूलार्य क्षतिपूर्ति दिने बताउनुभयो । कोभिड १९ पनि नियन्त्रणमा आइसकेकाले केही समयपछि मुलुकबाटै कोभिड १९ समाप्त हुने उहाँको भनाइ छ । सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको उहाँको भनाइ थियो । 

नेपाली जनता सचेत भइसकेकाले लोकतन्त्र कसैले भाँड्न नसक्ने उहाँले बताउनुभयो । काम गर्न नदिने अनि सरकारले काम गरेन भन्ने भ्रम फैलाउनेहरु विरुद्ध जनताको ताजा जनादेश लिन निर्वाचनमा जाने निर्ण भएको उहाँको भनाइ थियो । संघीय लोकतान्त्रिक गणतन्त्र लडेर ल्याएको उपलब्धी भएकाले यसलाई खतरामा पर्न नदिइने प्रतिवद्धता व्यक्त गर्दै ओलीले कसैकसैले ओलीले राजतन्त्र फर्काउन खोजिरहेको छ भनेर जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्  भन्नुभयो । आजको भेला काष्टिङमात्र भएको र फागुन १ गते बुटवलमा, ८ गते विराटनगरमा आमसभा गरिने जानकारी गराउनुभयो । 

कार्यक्रममा नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जस्तोसुकै प्रतिकुलता आए पनि मुलुकको रक्षाका लागि डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको अराजकता अस्थिरता समाप्त गर्ने अभियानमा आफूहरु रहेका बेला केही तत्वहरुले विभिन्न बहानामा अवरोध गरेपनि आफूहरु देश र जनताका लागि अगाडि बढेको पोखरेलले बताउनुभयो ।

 जनताको बीचमा गएर सबै गलत शक्तिलाई परास्त गरी मुलुकको सार्वभौम, गणतन्त्र, लोकतन्त्र, स्वाधिनता तथा राष्ट्रिय एकतालाई कायम गरिछाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको धारणा राख्नुभयो । पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताउनुहुँदै उहाँले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गर्नुभयो । 






 



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.