Websoft University

नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगे


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९९ जनाको स्वाब परीक्षण गराउँदा ४८ महिला र ५७ जना पुरुषमा सङ्क्रमण देखिएको हो । 

काठमाडौँ उपत्यकाका ५८ जनासहित १ सय ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ भने २ सय ७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । २ लाख  ६७ हजार ५ सय ६४ जना कोरोनामुक्त भएका छन् ।

 मन्त्रालयका अनुसार देशभर क्वारेन्टाइनमा भने ९२ जना रहेका छन् भने आइसोलेसनमा २ हजार १ सय ८ जना रहेका छन् । कोरोना सङ्क्रमित १३ जनाको भेन्टिलेटरमा र ६४ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.